तिहार फूलको कथा

सयपत्री

मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो । टागेट्स जातभित्रको यस फूल इरेक्टा अर्थात् नेपालमा कुकुर फूल नामले चिनिने र पटुला अर्थात् ठूलो सयपत्री दुई जात मौलिक हुन् । तर आजभोलि हाइबि्रडबाट विभिन्न नयाँ जातहरू प्राप्त छन् । मध्यअमेरिकी यस फूल अमेरिकामा पत्ता लागेपछि मात्र यताको संसारमा मकै, रबर, आलु, गोलभेंडाजस्तै आए पनि इरेक्टालाई अपि|mकन मेरिगोल्ड र पटुलालाई पे|mन्च मेरिगोल्ड पनि भनिनु अचम्मलाग्दो छ ।

मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आपै+m उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे । यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौं वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे । होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भनिन्छ । यसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ । तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति -लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न । बन्दाकोपीका सलादमा रंग र स्वादका लागि यस फूल सेफहरूले उपयोग गर्छन् ।

कुखुराको फुल -अण्डा) को पहेंलो भाग बढाउन यसको धूलो दानामा मिसाइन्छ । माहुरी तथा पुतलीका लागि पेटुला अर्थात् कुकुरफूलमा प्रशस्त परागरस भएकोले माहुरी उत्पादकले फूल घट्दै जाने वषर्ा अन्तपछिको मौसममा यसको खेती गर्नु लाभदायक छ । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात् मौलिक रूपमै हुन्छ । तर अन्य स्थानमा पुगेर आदत बदली तापक्रम अनुसार यो जुलाईदेखि अक्टुबरसम्म फुल्ने गर्दछ, अर्थात् यसमा अमेरिकी अन्य मकै, आलुभै+m एडप्टिबिलिटी ज्यादै रहेछ । आजभोलिका हाइबि्रड त बाह्रैमासे भइसकेका छन् ।

नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतरार्द्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हुनुपर्छ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ । दुवै जङ्गली जाते सयपत्रीको हरेक केस्रा स्वयं आपै+m बीउ भएको र जतासुकै आपै+m उतैको गोलभेंडाभै+m उमि्र्रन्छ ।

मखमली

दिदीबैनीका पि्रय मखमली फूल पनि अमेरिकाकै नेटिभ जात हो । सन् १८०० मा जङ्गबहादुरले बेलायत पठाएको उपहारको विवरणमा मखमली फूल पनि लेखिएकोले सोभन्दा अगाडि नै नेपाल छिरे पनि कम संख्याकै कारण अनमोल मानिएको बुझ्न सकिन्छ । यसको अर्थ केही अघिमात्र उक्त फूलले दरबारहरूमा मात्र प्रवेश पाएको हुनुपर्छ । अमारान्थासिया परिवारको करिब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ । मखमल रंगको हामीले प्रयोग गर्ने ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पे|mना ग्लोबोसा हो । ग्लोबभन्दा फरक केही लाम्च्ाो आकारको फूललाई गोम्प|mेना सेलोस्वाइड्स भनिन्छ । सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाई मात्र दसैर्ं फूल मान्नुपर्छ । यसलाई ब्याच्लर बटन, स्ट्रबेरी फिल्डसमेत भनिन्छ । छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको अनुमान गर्न सकिन्छ ।

स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा यसलाई जस्ताको तस्तै सिङ्गै उमालेर चियाको रूपमा खाइन्छ । हाँगा छुट्याएर फूलदानीको चिनी हालेको पानीमा चिसो ठाउँमा कट फ्लावरका रूपमा महिनौं ताजा टिकाउन सकिन्छ । दिदीबैनीहरूले बेलामै टिपेर भाइटीकामा ताजै फूल पाउने तरिका हो यो ।

गोदावरी

गोदावरी चीनको मौलिक फूल हो । इसापूर्व १५०० वर्षतिरै चीनमा औषधिका लागि खेती गरिन्थ्यो । आठौं शताब्दीमा जापान र युरोपमा सत्रौं शताब्दीमा पुगेको यो फूल पर्सिया हँुंदै भारत छिरेको हो । काठमाडौं कहिले पसेको यकिन नभए पनि सन् १८९३ मा इलामको वयाकरण नेपाल नामक व्यक्तिको बगैंचामा यो देखिएको दस्तावेज छ, सायद दार्जिलिङतिरबाट ल्याइयो कि । भारतमा यसलाई गुल -फूल) दाउडी भनिन्छ । तसर्थ नेपालीको कानले गुल दाउडीलाई गोदावरी सुन्यो र यसको नाम गोदावरी रहन गएको अनुमान गर्न सकिन्छ । चाइनिज भाषामा यसको नाम चु हो ।

युरोपियनले गि्रक शब्द क्रेसस् अर्थात् सुनौलो तथा एन्थेमन अर्थात् फूल मिसाएर क्रेसेन्थेमम नामकरण गरेको हो । मौलिक रूपमा अर्थात् प्राकृतिक रूपमा सिंगल यस फूलको रंग सेतो, पहेंलो तथा पिंक मात्रै हो । आजभोलि हाइबि्रडबाट अनेक आकार र चहकिलो लालसमेत पाइन्छ । गोदावरीको बोटले इन्डोर प्रदूषण घटाउने तथ्य अमेरिकी नासाले प्रकाशित गरेको छ । चीनमा सेतो गोदावरी उमालेर चिया खाइन्छ । गोदावरी इन्फ्ल्युएन्जाबाट तंगि्रने औषधि मानिन्छ । उमालेका जराले टाउको दुखेको निको पार्छ ।  वातावरणलाई विषादी नबनाई बालीको कीरा मार्ने कीटाणुनाशक औषधिका रूपमा पनि प्रयोग हुन्छ ।

खुसी र आनन्दको प्रतीक मानिन्छ चीनमा गोदावरीलाई । यसको फुल्ने प्रक्रिया दिनको उज्यालोको मात्रासँग सम्बन्धित छ । यसको थलो चीनमा यो फुल्ने बेलाको दिनको उज्यालो नेपालमा असोज तेस्रो हप्ताबाट सुरु भई कात्तिक चौथो हप्तामा पूर्ण रूपले फुल्ने उज्यालोको मात्रा समान हुन्छ । यही बेला तिहार हुने भएकोले तिहारमा यो उपयोग गर्न थालिएको होे । तिहार चाँडै भएको वर्ष तिहारमा यो फूल ढकमकिँदैन । २ वर्षअघिको तिहार कात्तिक ११ गते पर्ने देखेर यही पंक्तिकारले अगि्रम रूपमै यही कोसेली मार्फत् गोदावरीको मालाबिनाको भाइटीका हुने भनी प्रकाशित लेख सत्यमा परिणत भएको थियो । हाल यसलाई गि्रन हाउसहरूमा कृत्रिम उज्यालो र तापहरूबाट वर्षैभरि फुलाइने गोदावरी संसारको दोस्रो टप कट फ्लावरका रूपमा बिक्री हुन्छ ।

अन्तमा यस पंक्तिकारले बुझ्न नसकेको कुरा के हो भने नेपालमा मौलिक रूपमै पाइने तितेपाते र गोदावरीको पात, डाँठ तथा बिरुवाको रूपमा धेरै समानता कसरी भयो ? र जापानमा तितेपाते हर उपचारमा कसरी प्रयोग हुन पुग्यो ? के समानता छ ?

 

Source:

Rajendra Thapa

The Kantipur "Koseli" (3rd Nov. 2012)

COMMENTS

Wonderful Ghandruk Trek
gallery gallery gallery gallery gallery gallery gallery gallery gallery gallery