इन्गेजमेन्टको नेवाः भर्सन

पुँगीफल अर्थात् सुपारीको नेवाः संस्कृतिमा महँवपूर्ण स्थान छ। स्थानीय भाषामा 'ग्व्ये' भनिने यो फल नेवाः समुदायको बैवाहिक संस्कारमा अत्यावश्यकीय सामग्रीमा पर्दछ। बिहेअघि सगुन पठाउने नेवाः संस्कारमा सुपारी आवश्यक मानिन्छ। स्वयंवरभन्दा अघि सगुन पठाउने यो संस्कारलाई 'ग्व्ये छ्वेगु' (सुपारी पठाउने) भनिन्छ।


बिहेको टुंगो लागेर लगनभन्दा केही दिनअघि १० वटा सुपारी, चाँदीको सिन्दुर बट्टा, मिठाइ, फलफूल, शृंगारका सामान, तिलहरी, साडीलगायत अनेक सामान केटाको तर्फबाट केटीकहाँ सगुनका रूपमा पठाइने रीतलाई नै 'ग्व्ये छ्वेगु वा सुपारी पठाउने' भनिन्छ। यो रीत सम्पन्न गर्न साइत हेरिरहनु पर्दैन। यसरी पठाइएको सगुन ग्रहण गरेको दिनदेखि नै बिहेले आधिकारिकता प्राप्त गरेको मानिन्छ। यसलाई नेवाः समुदायमा रहेको आफ्नै प्रकारको 'इन्गेजमेन्ट' भन्दा पनि हुन्छ। नेवाः समुदायभित्र केही जातिमा महिनौंअघि नै 'ग्व्ये' पठाउने चलन पनि छ।


उपत्यकाका नेवाःहरूको संस्कृतिमा दुलही अन्माउँदा, भिœयाउँदा वा ज्वाइँ भिœयाउँदा सबै कार्यमा सुपारी अनिवार्य हुन्छ। स-साना डल्ला सुपारी र तासको कपडाका थैलामा आकर्षक ढंगले सजाइएका सुपारी बैवाहिक काममा अत्यावश्यक सामग्रीमा पर्दछ। तासका कपडामा बेरिएका सुपारी नजिकका विशेष आफन्तलाई मात्र दिइन्छ भने सामान्य सुपारी अरु आफन्तलाई दिइन्छ। त्यही भएर बिहेमा 'ग्व्ये बाटा' (सुपारी राख्ने भाँडो) अत्यावश्यक हुन्छ। यो बाटामा दुलाहा र दुलही दुबैतर्फका परिवार संख्या यकिन गरी सुपारी राखेर पठाउनु पर्दछ।


ग्व्ये पठाउँदा आकर्षक ढंगले सजाइएका १० वटा ठूला सुपारी, दुईवटा नरिवल, पान बुट्टे मिश्रीका साथ अन्य थुप्रै सामग्री पनि राखिन्छ। मखमली कपडामा बेरिएका र जरी भरिएका सुपारी र नरिवल विभिन्न डिजाइन र आकर्षक शैलीमा तयार पारिएको अवस्थामा बजारमा सहजै किन्न पाइन्छ।


स्थानीय हल्वाइ वा मरि कःमीले तयार पारेका जो प्रसाद, जी प्रसाद, ऐंठ्या, जो पस्ता, मठ, न्या, ब्याँ आदि लाखामरिका विभिन्न परिकारसहित ठूला साइजका निम्की, फिनी, पेडा, ल•ु, अनरसा, रोठ, बर्फी आदि मिठाइ तथा स्याउ, सुन्तला, केरा, ऊखु, मेवा, अंगुर, मौसम आदि सिजन अनुसारका विभिन्न फलफूल पनि पठाउने गरिन्छ। यी बाहेक शृंगारका विभिन्न सामग्री, रातो साडी, तिलहरी, ब्याग, जुत्ता आदि दुलहीलाई आवश्यक पर्ने थुप्रै सामग्री पठाउने चलन पनि छ। साथै सजाइएका एक जोडी आलो माछा, दही र कसै-कसैले केक पनि राख्ने गर्दछन्। पहिले-पहिले रंग र जरीले सजाउने गरिए पनि आजभोलि माछालाई मिल्ने साइजका सुन्दर मखमली ज्याकेट बजारमा पाइन्छ। तिलहरी र चाँदीको सिन्दुर सहितको बट्टा ग्व्ये पठाउँदाका अति महत्वपूर्ण सामग्री हुन्। गमला वा भोगटेमा सजाइएका कपासका फूलले 'ग्व्ये' पठाउने सामग्रीमा थप सुन्दरता थप्ने गर्दछ। ग्व्ये पठाउँदाका उल्लेखित सामग्री किस्तीमा र्याोपर प्लास्टिकले बेरेर जतनसाथ केटीको घरमा पुर्या उने काममा घर मूलीको उपस्थिति हुँदैन।


केटा र केटीका आफन्तले निकै चासोसाथ सुपारी पठाउने संस्कारलाई लिने गर्दछन्। केटीको घरमा सुपारी कसरी र के-के सामग्रीले सजिएर आए भन्नेमा महिला वर्गलाई विशेष चासो हुने गर्दछ। बिहेअघिको यो सामाजिक रीतमा हिजोआज आडम्बर पनि हाबी हुन थालेको छ। फर्माइस र 'सोअप'ले पारम्परिक र प्राचीन संस्कृतिमा विकृति बढ्दै गएकोमा संस्कृतिविद्हरू चिन्तित हुन थालेका छन्। तिलहरी, सिन्दुर बट्टा र सुपारीका साथ केही स्थानीय मिठाइ भए पुग्ने ग्व्ये पठाउने संस्कृति किस्तीहरूको थानमा प्रदर्शित हुन थाल्नुले यस्तै इंगित गर्दछ।


पश्चिमा संस्कृतिको रंगमा भुल्न थालेको नयाँ पुस्तालाई सुपारी पठाउने चलन नेवाः संस्कृति धान्न चलिरहेको बाध्यात्मक रीत जस्तो मात्र लाग्ने गरेको छ। सुपारी पठाउँदा राखिने थुप्रै सामान खेर जानाले पनि यस्तो धारणामा वृद्धि हुन थालेको पाइन्छ। तर सुपारी पठाउने चलन नेवाः समुदायको मौलिक संस्कृति भएकाले यसलाई परिस्कृत, आधुनिक, आडम्बररहित तथा विचलन र विकृतिरहित ढंगले चलाउँदै लानुपर्दछ।


उपत्यकाका नेवाः समुदायमा बिहेअघि र पछि थुप्रै रीतिरिवाज हुने गरेका छन्। 'ब्याहा क्वछिगु' (बिहे पक्कापक्की गर्ने), ग्व्ये छ्वेगु (सुपारी पठाउने), स्वयंवर, ग्व्ये कायगु (सुपारी दिने), थाय भू नकेगु, ख्वाः स्वः वनेगु (मुख हेर्न जाने), जिलाजं दुकायगु (ज्वाईं भिœयाउने), वंजला वनेगु आदि रीत बिहेअघि र पछिका विभिन्न बैवाहिक संस्कार हुन्। हरेक बैवाहिक रीतले व्यावहारिक र सामाजिक महŒव बोकेको नेवाः संस्कृतिले बिहेलाई व्यक्तिसँगको सम्बन्ध मात्र नभएर कूल, घराना र सम्पूर्ण परिवारसँगको नाता गाँस्ने सेतुको रूपमा लिएको छ। सुपारी पठाउनेदेखि छोरीको मुख हेर्न आउनेसम्मका हरेक बैवाहिक रीतले यसलाई पुष्टि गर्दछ।
हाम्रो समाजमा बढ्दै गएको प्रेम विवाह, अन्तर्जातीय विवाह, कानुनी विवाह आदिले सामाजिक संस्कार र रीतिरिवाजको महŒव घट्दै गएको छ। अन्तर्जातीय विवाहमा संस्कारको झमेला र सामाजिक तिरस्कार र अस्वीकृति जस्ता कारण कानुनी विवाहको चलन बढ्दै गएको छ। यो प्रवृत्तिले सामाजिक संस्कार लोप हुने आशंका छ। सबै जातजातिले आ-आफ्नो सामाजिक संस्कारलाई बचाई राख्नु पर्दछ, किनभने यो नै हाम्रो पहिचान हो।

 

साभार

शिशिर वैद्य

Nagarik Daily, March 16, 2013

COMMENTS

Wonderful Ghandruk Trek
gallery gallery gallery gallery gallery gallery gallery gallery gallery gallery